तिम्ल्याहा बच्चा जन्मिए धनगढीमा

कोरोनाका कहरका बीच धनगढीको सेती प्रादेशिक अस्पतालमा कञ्चनपुरकी एक महिलाले तीम्ल्याहा छोरी जन्माएकी छिन्। कञ्चनपुरको कष्णपुर नगरपालिका २ बाँणी घर भएकी २५ वर्षकी राजमती रानाले सेती अस्पतालमा तीम्ल्याहा छोरीहरु जन्माएकी हुन्।सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसुती रोग विभाग प्रमुख डाक्टर खगेन्द्र भट्ट, स्त्री तथा प्रसुती रोग विषेशज्ञ डाक्टर सलीना खडका, डाक्टर अञ्जना शर्मा, डाक्टर कपील गौतम र एनेस्थीया असिस्टेन्ट नियम न्युरे सहितको टोलीले सल्यक्रिया गरी तीम्ल्याहा बच्चा जन्माएका हुन्। तीनै छोरी र आमाको अवस्था सामान्य रहेको डाक्टर खगेन्द्र भट्टले बताए।सोमबार बिहान मात्रै रगत बगेको भन्दै उनलाई सेती अस्पताल भर्ना गरिएको थियो। ७ महिना मात्रै भएकाले तीम्ल्याहा शिशु क्रमश १४ सय, १२ सय ५० र १२ सय ग्रामका छन। अस्पतालका अनुसार ती महिलाले यसअघि एक छोरी जन्माएकी थिइन्। अन्नपुर्णपोस्ट बाट साभार

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close