थप १ हजार ४१ मा कोरोना पुष्टि,९ को मृत्यु

सबैको सन्देश /काठमाण्डौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना पुष्टि भएको छ ।योसँगै नेपालमा अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या ४५ हजार २सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।
अहिले सम्म कोरोना निको हुनेको जम्मा संख्या २७ हजार १सय२७ पुगेको मन्त्रालयले जानकारी गराएको छ ।नेपालमा हाल १७ हजार ८७० सक्रिय संक्रमित रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप नौजनाको मृत्यु भएको जानकारी दिनुभयो ।सोसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको हो ।
कमेन्ट गर्नुहोस !