तरकारी व्यवसायीको सम्पर्कमा आएका सहित अर्घाखाँचीमा ११ जनामा कोरोना पुष्टि

सबैको सन्देश /सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीमा थप ११ जना लाई कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकाको जनज्योति माविको क्वारेन्टाइनमा बसेका ४जना पुरुष ३ जना महिला हुन ।भने ३ जना पुरुष १ जना महिला केहि दिन अघि सन्धिखर्क नगरपालिका वडा नं. ६ का कोरोना पुष्टि भएका समुदाय स्तरका तरकारी व्यवसायीको सम्पर्कमा आएका वडा नं. ६ का २ जना पुरुष १ जना महिला रहेको बताइएको छ ।
यस्तै वडा नं. ७ का १ जना पुरुष पनि रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।योसहित जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३२ छ भने हालसम्मको संक्रमित संख्या ३ सय ६७ पुगेको छ ।कोरोना संक्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !