संसद विघटन गर्ने ओलीको सिफारिस, स्थायी कमिटी बैठक अनिश्चित

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको छ ।केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको हो । यसैबीच, आज बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक पनि अन्योलमा परेको छ । घटनाक्रमले अर्कै मोड लिएकाले आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक अन्योलमा परेको प्रचण्डको सचिवालयले जनाएको छ ।यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सहमत भए पनि अहिलेसम्म अध्यादेश फिर्ता हुन सकिरहेको छैन । अध्यादेश फिर्ताका लागि अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।उज्योलो

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close