अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो पार्टी बन्यो

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा प्रतिनिधि सभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेर तेस्रो पार्टी बनेको छ ।
नेकपा एमालेले ३७ हजार ४सय५० मत प्राप्त गर्दै पहिलो ,नेपाली कांग्रेसले २६ हजार ८ सय ६५ मत पाउँदै दोस्रो स्थान हासिल गरेको छ । यस्तै ८ हजार ९सय५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो ,नेकपा माओवादी केन्द्रले ७ हजार ३सय४२ मत ल्याएर चौथो भएको छ।
राष्ट्रिय जनमोर्चाले ५ हजार ३सय२७ र नेकपा एकिकृत समाजवादीले १ हजार ६७ मत प्राप्त गरेको छ ।यता प्रदेशसभामा समेत नेकपा एमाले पहिलो भएको छ । प्रदेश समानुपातिकमा ३७ हजार ७ सय३८ मत ल्याउँदै एमाले पहिलो बनेको हो । नेपाली कांग्रेसले २७ हजार २सय९८ मत पाएको छ । नेपाली कांग्रेस समानुपातिक मतका आधारमा दोस्रो भएको हो ।यस्तै नेकपा माओवादी केन्द्रले ८ हजार ३सय५६, राष्ट्रिय जनमोर्चाले ५ हजार ६सय२३, नेकपा एकिकृत समाजवादीले १ हजार ३सय७६, राप्रपाले १ हजार २सय१० मत प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close