आर्घाखाँचीमा करेन्ट लागेर एक युवकको मृत्यु

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर ९ को भुजेल पानीमा विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर १९ वर्षिय रोशन शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

करेन्ट लागेर गभ्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्ण घिमिरेले बताए।सन्धिखर्क नगरपालिका वडा नम्बर ७मा बस्ने रोशन केहि बर्षदेखि विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रमा काम गदै आएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close