प्युठानमा २ लाख नगद सहित खेलाडी सम्मान

सागर महत ,अर्घाखाँची । प्यूठानमा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य प्रतिस जिसीलाई सम्मान गरिएको छ ।झिमरुक गाउँपालिकाले खेल क्षेत्रको विकासमा केहि भएपनि सहयोग पुगोस भनेर क्रिकेट खेलाडी जिसीलाई १ लाख रुपियाँ नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
जिसिलाई खेल क्षेत्रमा थप हौशला मिलोस भनेर ब्याक्तिगत रुपमै गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराज पोख्रेलले ५०÷५० हजार रुपियाँ गरि एक लाख नगद प्रदान गर्नुभएको छ ।
झिमरुक ३ का स्थायी बासिन्दा जिसीले हालै यूएईमा सम्पन्न भएको आईसीसी यू–१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close