अब देखि दूध ढुवानी गर्ने गाडीलाई लोगो प्रदान गरिने
काठमाण्डौं ।अब देखि दूध ढुवानी गर्ने गाडीलाई छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गरिने भएको छ ।अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुने गरेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि लोगो तयार गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादव जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !