टी-२० विश्व कप क्रिकेट : पाकिस्तान सेमिफाइनलमा

काठमाण्डौ । पाकिस्तान आईसीसी टी २० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन मात्र जोड्न सक्यो ।अब पाकिस्तानले फाइनल प्रवेशका लागि आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close