सन्धिखर्कमा जारी अन्तरपालिका भलिबल प्रतियोगितामा ४ खेल सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीमा जारी AYC अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगितामा आज ४ खेल भएका छन । पहिले खेलमा मालारानी गाउँपालिकाले भुमिकास्थान नगरपालिका लाई २ –१ को सेटमा पराजित गरेको हो।
यस्तै दोस्रो खेल शितगंगा नगरपालिले भुमिकास्थान नगरपालिकालाई २ –१ को सेटले पराजित गरेको हो । तेस्रो खेलमा सन्धिखर्क नगरपालिकाले छत्रदेव गाउँपालिकालाई २ –१ को सेटले पराजित गरेको थियो।
चौथो खेलमा पाणिनि गाउँपालिकाले मालारानी गाउँपालिकालाई २ –१ को सेटले पराजित गरेको छ।यो जित संगै पाणिनि गाउँपालिका फाइनलमा प्रवेश गरेका छ ।खेल भोली (शनिबार)बिहान ८ बजे सुरु हुने आयोजक अर्घाखाँची युवा परिषदले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार ,दृतियलाई ३० हजार र तृतियलाई हुने टिमलाई २० हजार पुरस्कार दिइनेछ। यस्तै रनिङ्गशिल पचाउने टिमलाई ५० हजार थप गरी १ लाख पुरस्कार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close