थप ३ हजार१ सय १४ मा कोरोना पुष्टि, हालसम्म कोरोना बाट १ हजार भन्दा बढीको मृत्यु

सबैको सन्देश/ काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कुल संक्रमित संख्या १ लाख ७९ हजार ६सय १४ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ।त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १ सय४२ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय७६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close