बागलुङमा जिप दुर्घटना आमा छोरीको मृत्यु

बागलुङमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडीगाड गाउँपालिका–६ मा बिहान लु१ज ४३७० नम्बरको रोकिराखिएको जिप गुडेर खोलामा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा वडा नं ६ की २३ वर्षीया टेकमाया श्रीस र उहाँ की एक वर्षीया छोरी रहनुभएको छ। चालकले सामान राख्न लागेका बेला जिप खसेको स्थानीयले बताएका छन । दुर्घटनामा एक महिला घाइते भएको समेत बताईएको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।घटनाबारे जानकारी पाएपछि सुरक्षा टोली खटाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !