सिपको सोहि सदुपयोग गरेमा आत्मनिर्भर बन्न सकिन्छःसासंद रामजी घिमिरे

सागर महत,अर्घाखाँची ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा १ महिने फाइबर ब्याग बनाउने तालिम सम्पन्न भएको छ ।समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सासंद रामजी प्रसाद घिमिरेले पछिल्लो समय राज्यले उत्पादन क्षेत्रमा सिपमुलक कार्यक्रम संचालन गदै आएपनि सिप सिक्नेहरुले सिपको सदुपयोग नगर्दा राज्यको लगानी खेर जाने गरेको बताउनुभएको छ ।
उहाँले घरको मुल व्यक्ती रोजगारीको लागि विदेशीनी र उसैको आत्म निर्भरमा पर्नु गलत भएको बताउनुभएको हो ।सांसद घिमिरेले लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा सम्पन्न तालिमबाट घटीमा ५० प्रतिसत बढीमा जतीसुकैले मात्र सिपको सोहि सदुपयोग गरेमा फाइबर ब्यागको माग अधिक रहेकाले रोजगार सृर्जना हुने बताउनुभयो ।


घरेलु तथा लद्यु उद्यमबाट उत्पादित स्वादेशी उत्पादनलाई प्रयोगमा ल्याउने निति अनुसार सिपमुलक तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो । उक्त तालिममा सहभागीलाई आवश्यक अनुसारको सिलाई र कटाई मेसिन ८० प्रतिशत अनुदानमा पनि दिने कार्यक्रम रहेको प्रमुख खनालले बताउनुभयो ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष माधव श्रेष्ठले तालिम लिएका महिला दिदी–बहिनीहरु स्वरोजगार र आत्मनिर्भर बन्ने जसका कारण आर्थिक उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने उहाँका भनाइ छ ।

कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद दाहालको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रशिक्षक रुकमेणी पराजुली लगायतको सहभागीता रहेको थियो ।तालिमा सहभागीले सिकेको सिपलाई सही सदुपयोग गर्ने बताएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close