म्याच फिक्सिङको अभियोग लागेका पूर्वकप्तान थापा सहित ६ जनालाई सफाइ

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहित ६ जनालाई गलत कानुनको प्रयोग गरी मुद्दा दायर भएको सर्वोच्च अदालतले ठहर गरेको छ।

गत असार २ मा सर्वोच्चले म्याच फिक्सिङको अभियोग लागेका पूर्वकप्तान थापालसहित ६ जनालाई सफाइ दिएको थियो। सो फैसलाको पूर्णपाठअनुसार ६ जनालाई नै गलत कानुन प्रयोग गरिएको ठहर गरिएको छ।

पूर्वकप्तन थापासहित विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई २०७२ कात्तिक २२ गते विशेष अदालतमा राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३।१ अन्तर्गत कसूर हुन्छ भनी मुद्दा दायर गरिएको थियो तर यो कानुनअन्तर्गत उनीहरूले म्याच फिक्सिङ गरेको भए पनि राज्यविरुद्धको अपराध र सजाय ऐनअनुसार सजाय हुन नसक्ने सर्वोच्चको ठहर छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close