अर्घाखाँचीमा निषेधाज्ञा खुल्यो,३ सय ४० जनाले कोरोना जिते

सागर महत/ अर्घाखाँची ।

अर्घाखाँचीमा तिन साता देखि गरिएको निषेधाज्ञा गएराति १२ बजे देखि हटेको छ ।जिल्लामा कोरोना संक्रमण समुदायसम्म पुगेको भन्दै जिल्लाबासीलाई कोभिड–१९ को महामारीबाट सुरक्षित राख्न भाद्र ३ गते देखि गरिएको निषेधाज्ञा खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
आज बाट बैङ्क, वित्तीय संस्था, ,उद्योग, व्यापार,व्यवसाय, डिपार्टमेन्टल स्टोर, होटल तथा रेष्टुरेन्टमा हुने प्याकिङ्ग तथा टेकअवे सेवा जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त अति जरूरी सवारी साधन ,सबै प्रकारका विकास निर्माणका कार्यहरू र विकास निर्माणका सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु संचालन गर्न दिने निर्णय गरिएको हो ।
यसैगरी बैठकले शैक्षिक संस्था एवं तालिम केन्द्रहरू , सबै प्रकारका सभा गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरंजन स्थल , जिम हल, सैलुन तथा ब्युटी पार्लर संचालनमा रोक कुनै पनि भेला सम्मेलन गर्न पनि रोक लगाएको छ ।यस्तै भारत तथा छिमेकी जिल्ला बाट आएका नागरिक लाई स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राखिने छ।अर्घाखाँचीका सिमा नाकामा सवारी पास विन जिल्ला प्रवेशमा रोक लगाइने छ ।

कोरोना अपडेट

अर्घाखाँचीमा  पछिल्लो २४ घण्टामा मालारानी गाउँपालिकाका २ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन ।भने शितगंगा नगरपालिकामा २ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो।

यो संगै जिल्लामा  हाल सम्म कोरोना संक्रमित ३ सय ६९ मध्ये ३ सय ४० जना कोरोना निको भएर डिस्चार्ज भएका छन ।भने सक्रिय कोरोना संक्रमित हाल उपचारत २५ जना छन। ४ जनाको कोरोनाका कारण मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा भारत तथा छिमेकी जिल्ला बाट आएर बस्नेको संख्या १ सय ३६ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close