अर्घाखाँचीमा छात्रालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाका एक शिक्षक जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।१५ वर्षिया छात्रालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले

जनाएको छ ।

गाउँपालिकाको मावी विद्यालयमा अध्यापन गराउने २७ वर्षिय शिक्षकले सोही विद्यालयमा अध्ययनरत नाबालीका छात्रालाई करणी गरेको जाहेरीका आधारमा नियन्त्रणमा लिइएको हो ।

प्रारम्भिक अनुसन्धान पछि अर्घाखाँची जिल्ला अदालतमा पेश गरीएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close