सन्धिखर्कमा रहेको टुडिखेल खेलमैदान घाँस मैदानमा परिणत

शक्ती महत /सबैको सन्देश
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको टुडिखेलमा यति बेला सुनसान देखिएको छ । जहाँ भलिवल ,किक्रेट लगायतका खेल खेल्ने गरिदै आइएको थियो ।विशेष गरि कोरोनाको जोखिम रहेको समयमा सुनसान देखिएको हो ।यति बेला मैदान भरि घाँस उम्रनु बाहेक त्यहाँ केही देखिदैन यो समयमा कुनै पनि खेल नभएको समयमा यसको संमरक्षणमा कोहि पनि लागेको देखिदैन,जिल्लाको सबै भन्दा ठुलो खेल खेलिने र धेरै खेलाडी सहभागी हुने मैदान लाई अहिले संमरक्षणको आवश्यक छ ।पछिल्लो समय जिल्लामा धेरै खेल मैदान बनेका छन ।
तर ति खेल मैदानको सदुपयोग भएको छैन ।यता यस वर्ष सन्धिखर्क नगरपालिकाले टुडिखेल संमरण भन्दै बाहिरको अधिकामश भागमा तार जाली लगाएको छ ।त्यो पनि पुरा गर्न सकिरहेको छैन।यता खेलाडीको बनोबल बढाउनको लागि जिल्लाका ६ वटै स्थानीतहले उत्कृष्ट कार्यक्रम ल्याउन सकेका छैन ।खेल क्षेत्रमा पनि जनप्रतिनिधीको ध्यान जान नसकेको स्थानीय खेलाडी सन्दिप क्षत्रीको भनाइ छ ।
कमेन्ट गर्नुहोस !