लडाकु भालेको आक्रमणबाट प्रहरी अधिकारीको मृत्य

अवैध रूपमा भाले जुधाइ भइरहेको ठाँउमा छापा हान्न पुगेका प्रहरीहरूमाथि भालेले आक्रमण गर्दा फिलिपिन्समा नगर प्रहरी प्रमुखको मृत्यु भएको छ।गत सोमबार उत्तरी फिलिपिन्सको समार प्रान्तको मदुग्याङ्ग गाँउमा प्रहरीले अवैध भाले जुधाइ भइरहेको ठाँउमा छापा मारेको थियो।यस्ता कार्यक्रममा भीडभाड हुने हुँदा कोरोना भाइरस फैलिनमा मद्दत पुर्‍याएको भन्दै प्रहरीले छापा मारेको हो।छापा मार्न पुगेका नगर प्रहरी प्रमुख क्रिस्टियन बोलोकले एक भालेलाई समात्न खोजेका थिए। प्रान्तका गभर्नर एड्विन ओङ्गचुआनका अनुसार भालेको खुट्टामा ब्लेड लगाइएको थियो। भालेले बोलोकमाथि आक्रमण गर्दा उनको खुट्टाको एउटा नसा काटिएको थियो। रगत बगेको बग्यै भएपछि उनको मृत्यु भएको हो।उयपजबचब लययमभिकबलष्mबदष्मज बिद
गभर्नर ओङ्गचुआनका अनुसार अन्य प्रहरीले रगत बगेको रोक्न कपडाले समेत बेरेका थिए। तर रगत बग्ने क्रम रोकिएको थिएन।प्रहरीले अवैध भाले जुधाइमा सहभागी भएका तीन जनालाई पक्राउ गरेको छ। त्यस्तै अन्य तीन जना फरार रहेको द गार्दियनले जनाएको छ। प्रहरीले सात वटा भाले पनि बरामद गरेको छ।समार प्रान्तमा कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न लागि परेको भन्दै ओङ्गचुआन र स्थानीय सरकारले बोलोकको तारिफ समेत गरेको छ। उनको मृत्यु पछि सरकारले परिवारलाई आर्थिक सहयोग समेत गरेको अधिकारीहरूले बताएका छन्।फिलिपिन्समा भाले जुधाइ चर्चित खेल हो। यस्ता खेलहरू प्रायजसो अवैध हुन्छन् भने केहीमात्रै लाइसेन्स प्राप्त हुने गरेको छ।कोरोना भाइरसको महामारी फैलिरहेको बेला भने सरकारले यस्ता खेल खेलाउन प्रतिबन्ध गरेको छ।एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close