अर्घाखाँचीमा मतपेटिकामा पत्र भेटियो, दलमा संस्कार भएन र मतदान गरिनँ

सागर महत,अर्घाखाँची । अर्घाखाँचीमा मतगणनाको समयमा पटक पटक परिक्षण भएका नेतालाई कति भोट हाल्नु भन्दै मतदाताले आफ्ना गुनासा मतदान गर्ने क्रममा मत पेटिकामा पत्र राखेको पाइएको छ । जसअनुसार मत गणनाको क्रममा सन्धिखर्क नगरपालिकाका मतदाताले यस्तो गुनासो राखेको भेटिएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिए ।

पत्रमा भनिएको छ, ‘मंसिर ४ गते कालो दिन कुनै पनि उम्मेदवारमा पनि राजनितिक संस्कार पाइन र मतदान गरिन ।’ पत्रमा भनिएको छ ।
स्थानीय, प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा जिल्लाको विकास योजना बाड्ने विकासमा कसैले ध्यान पुगेको नपाएको भन्दै विकासका निम्ति आएका अर्बौं बजेट नेता र विचौलिया मिलेर खाएको कुरा पत्रमा लेखिएको छ । जिल्लाको मुख्य गोरुसिंगे सडक सन्धिखर्क सडक,जिल्ला अस्पतालको हालत,एउटा राम्रो कलेज,सन्धिखर्क बजारको जग्गा अतिक्रमण,गरिबी वेरोजगारीको समस्या राखिएको असन्तुष्ट मतदाता भनेर राखेको पत्रमा भनिएको छ ।

यस्तै अबको करिव पाँच वर्ष पछि हुने स्थानीय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाको मेयर पदमा उम्मेदवार दिएर विजयी भएर देखाउने पनि पत्रमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close