अर्घाखाँची कम्प्यूटर एसोसियसनको नयाँ नेतृत्व चयन

सन्धिखर्क ।कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ)अर्घाखाँचीको दोस्रो बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ । दोस्रो बार्षिक साधारण सभा कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ) अर्घाखाँचीका अध्यक्ष दिपक नेपालीको अध्यक्षता र सचिव प्रकास भुसालको संचालनमा सम्पन्न भएको हो ।

साधारण सभाले विनोद गैरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ भने ५ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा गणपति भुसाल, सचिव प्रकाश भुसाल, सह–सचिव दिपक अधिकारी, कोषाध्यक्ष ऋषिकेष भट्टराई, सदस्यहरुमा विष्णु प्रसाद भुसाल, मिना पराजुली र सावित्रा भुसाल रहनुभएको छ । साधारण सभाले दिपक नेपाली, भानु पराजुली र कृष्ण बहादुर सुनार सल्लाहाकार समितिका चयन गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close