अर्घाखाँचीको सितापुरमा कार दुर्घटना ५ जना घाइते

सागर महत ,अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा कार दुर्घटना भएको छ । ग ३ च १५७९ नम्बरको कार दुर्घटनामा ५ जना घाइते भएका छन । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेकोमा प्राथामिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।

सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जादै गरेको कार दुर्घटना भएको हो । गम्भीर घाइते हुनेमा तनहुँ आवुखैरनी गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षिय कार चालक सिशन त्रिपाठी र सोहि ठाउँकी २५ वर्षिय प्रकृती त्रिपाठी रहेको बताए। यस्तै अन्य तिन जना घाइतेहरु मध्ये ५५ वर्षकी लक्ष्मी त्रिपाठी, ५१ वर्षका अन्सु त्रिपाठी,२८ वर्षिय शिशिर त्रिपाठी रहेको प्रहरी निरिक्षक पौड्ेलले जानकारी दिए।कार सडक देखि ८० मिटर तल खसेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close