प्रदेश ५ का मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार

बुटवल —प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट भैरहवा हुँदै स्कटिडसहित गरेर कडा सुरक्षाकाबीच बुटवल फर्किएका मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् ।मुख्यमन्त्रीका अगाडि र पछाडि स्कटीडका ३ वटा गाडी थिए । गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ ।ढुंगा हानेको आरोपमा प्रहरीले ४ जना लाई पक्राउ गरेको छ ।अज्ञात समूहले आक्रमण गरेर गाडीको सिसा फुटेको तर मुख्यमन्त्रीलाई केही नभएको नेकपा बुटवलले जनाएको छ ।गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको पनि बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close