जहाँ चोरका लागि नै भेडा छुट्याइन्छ !

बझाङ । चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडापालक किसान भेडासहित बेंसी झर्न थालेका छन् । जिल्लाको साईपाल, तल्कोट, मष्टा गाउँपालिकालगायतका भेडापालक चरनका लागि वर्षायाममा लेंकतिर जाने र हिउँद लागेपछि बेंसी झर्ने गर्छन् ।

भेडा पालकको हैरानी वास्तवमै टिठलाग्दो छ । भेंडा लिएर खर्कमै रात बिताउने क्रममा भेंडापालकले पटकपटक भेंडा गुमाएका छन् । साइपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा आफूहरू धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको भेडा व्यावसायी साइपाल गाउँपालिका–१ का कालु धामीले बताए ।

सामुदायिक वनमा भेंडा चराएबापत शुल्क तिर्नुपर्ने झन्झटिलो नियमले किसानलाई निराश बनाएको छ । धामी भन्छन् ‘एक जनालाई पैसा दिएर पठायो केही दिनपछि अर्को गाउँका मान्छे यो सामुदायिक वन त हाम्रोमा प¥यो भन्दै पैसा माग्न आउँछन् पैसा नदिए भेडा नै खोसेर लैजान्छन । धामीको भनाइअनुसार एउटै वनमा ८र१० दिन भेडा चराएबापत पटकपटक गरी १५र२० हजारसम्म तिर्नुपर्छ ।

कतिपय ठाउँ यस्तो छ । जंगलमा चराउन छोडेका भेडा चोरेर खाइदिन्छन । बझाङदेखि डोटी लैजाँदा र ल्याउदा बर्षमा कम्तीमा पनि १५र२० भेडा च्यांग्रा चोरकै लागि छुट्याउनुपर्ने बाध्यता रहेको भेडापालकको गुनासो छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close