अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाण्डौ । अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाका लागि मेस्सीले १ र जुलियनले २ गोल गरे । मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत र जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरेर टीमलाई जित दिलाएका हुन् । फाइनलमा अर्जेन्टिना फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
कमेन्ट गर्नुहोस !