अमेरिकामा टिकटक माथि प्रतिबन्ध लगाउन प्रस्ताव

अमेरिकी सांसदहरुले राष्ट्रिय सुरक्षामा खतरा आएको भन्दै टिकटक माथि प्रतिबन्ध लगाउनु पर्ने प्रस्ताव गरेका छन् । छोटो भाइरल भिडियोका लागि चर्चित सामाजिक मिडिया एप टिककटका विषयमा अमेरिकी संसदमा धेरै अगाडि देखि नै कुरा उठेको हो ।

विश्वभरी नै चर्चित टिकटक चिनिया स्वामित्वमा रहेको कम्पनी बाइट डान्सको हो । गत महिना एफबिआइ प्रमुखले चीनले टिकटकका प्रयोगकर्तालाई प्रभावमा पार्ने सक्ने वा नियन्त्रणमा लिन सक्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेपछि कानुनी रुपमा प्रतिबन्धको कुरा उठेको हो ।

अमेरिकाकै धेरै राज्यहरुमा टिकटकलाई सरकारी विद्युतीय उपकरणमा प्रतिबन्ध लगाइसकिएको छ । टिकटक प्रतिबन्ध सम्बन्धी विधेयकले संसदमा धेरै अवरोधको सामना गरेको छ । अमेरिकामा मात्रै टिकटकका १० करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् । साथै टिकटकबाटै राष्ट्रिय सुरक्षामा कुनै खतरा नपर्ने भन्ने आवाज पनि एक थरिको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close