वाग्मती प्रदेश द्वारा गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान लाई ३ करोड सहयोग गदै

धुर्मुससुन्तली फाउन्डेशन द्वारा चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान लाई वाग्मती प्रदेशले सहयोग गर्ने भएको छ ।प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।फाउन्डेशनलाई रु तीन करोड सहयोग गर्ने निर्णय गरेको छ ।कोभिड१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !