मालारानी गाउँपालिकाद्वारा अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न सुरु

सागर महत/अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाले अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने कार्यको सुरु गरेको छ । जसअन्तर्गत तोकिएको वेबसाइटमा गएर घटना दर्ता गर्न सकिने छ ।जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्धविच्छेद लगायतका व्यक्तिगत घटना अनलाइनबाटै आफ्नो विवरण पठाएपछि एउटा कन्फर्मेसन नम्बर (टोकन नम्बर) पाउनुहुनेछ। त्यही नम्बरका आधारमा कार्यालयहरुले सेवा दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले जानकारी दिनुभयो । यो सेवा लाई गाउँपालिकाले ९ वटै वडा मा पुराउने योजना रहेता पनि पहिलो चरणमा नेटले राम्रो काम गर्ने वडा बाट थालनी गरिएको घर्तीले बताउनुभयो ।उहाँका अनुसार सेवालाई प्रविधिमैत्रि र छिटो छरितो बनाउने उद्देश्यका साथ यस गाउपालिकाले अनलाईन व्याक्तिगत घटना दर्ता शुरु गरेको पनि बताउनुभयो ।यस्तै पुरानो सिस्टमा बढी केरमेट हुने तथा फाइल हरु असुरक्षित भएता पनि अहिलेको सिस्टमा सम्पुर्ण सिस्टम कम्युटर बाट हुनेभएकाले प्रभावकारी हुने बताइएको छ ।
मालारानी गाउँपालिका वडा नं. १ बाट शुरु भएको यस कार्यक्रमको गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्षय वालकृष्ण आचार्यले आफ्नो वडा मा शुभारम्भ गर्नु भएको हो । पहिलो चरणमा वडा नं. १ का वडा सचिव नारायण न्यौपानेले स्थानीय सक्षम विकको जन्म दर्ता अनलाइन बाट भरि शुरुवात गर्नु भएको थियो ।कार्यक्रमको संयोजन कार्यालयका पञ्जिकरण शाखा प्रमुख MIS Operator धुर्वराज खनालले गर्नु भएको थियो।
कमेन्ट गर्नुहोस !