थप २ हजार २० जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २० जानामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका जानकारी दिनुभयो ।उहाँका अनुसार आज थपिएका २ हजार २० संक्रमित सहित हालसम्म देशभर संक्रमितको संख्या ६१ हजार ५सय९३ पुगेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा ८सय ७१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। आज निको हुने सहित हालसम्म निको हुनेको संख्या ४३ हजार ८सय २० पुगेको छ। हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।हालसम्म कोरोना बाट मृत्यु हुनेको संख्या ३ सय ९० जना रहेको छ ।
कमेन्ट गर्नुहोस !