ग्रिन ईङ्लिस बोर्डिङ सन्धिखर्कमा सरस्वती पुजा तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क २ चुत्राबेसीमा रहेको सन्धिखर्क ग्रिन ईङ्लिस बोर्डिङको शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेका छन ।यस्तै विद्यालयले बालबालिकालाई शिक्षारम्भ पनि गराएको छ ।

सरस्वतीको पूजा कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु आचार्यले नगरपालिकाको शिक्षा क्षेत्रको अवस्था सुधार गर्नको लागि अभिभावको पनि एउटा महत्व पुर्ण जिम्मेवारी हुने बताउनुभएको छ ।अझै पनि नगरपालिका भित्र संचालनमा रहेको विद्यालयमा बाल मैत्री भवन नहुँदा पठनपाठनमा केही न केहि असुविधा देखिएको उहाँको भनाइ छ । यस्तै बिद्यालयहरुको बिकासमा नगरपालीकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हुमप्रसदा बन्जाडे लगायतले मन्तव्य राखेको कार्यक्रम बिद्यालयका प्रिन्सीपल टेकबहादुर थापाको अध्यक्षता सहायक प्रिन्सिपल नारायण भुसालको संचालनमा सम्पन्न हो । शैक्षिक सत्र २०७८ मा बिभिन्न बिधामा उत्कृष्टता हासील गर्ने छात्रछात्राहरुलाई पुरस्कार बितरण गरीएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close