थप ३ हजार ३सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौनेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ८२ जना र ५हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार २जना गरी ३ हजार ३ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ । पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको दर बढी रहेको छ ।

हाल देशमा निको हुने दर ८६ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३ सय १ रहेको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट ६१ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट हाल सम्म मृत्यु हुनेको सङ्ख्या ८ हजार तीन सय ६६ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close