अर्घाखाँचीमा थप ७ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ७ जनामा कोरोना पुष्टि भएको छ ।पुष्टि हुनेमा जिल्लाको मालारानी गाउँपालिकामा ४ जना र भुमिकास्थान नगरपालिकामा ३ जना गरि आज ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ३ सय ९७ जना पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ ।यस्तै बितेको २४ घण्टामा ७ जनाले कोरोना जितेर डिस्चार्ज भए सँगै जिल्लामा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३सय ६३ पुगेको छ। कोरोना संक्रमण बाट हाल सम्म जिल्लामा ४ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो। खनालका अनुसार भारत तथा छिमेकी जिल्ला बाट आएर स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १ सय ८२ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker