कोरोना संक्रमणबाट अर्घाखाँचीका युवा व्यवसायी आचार्यको मृत्यु

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीमा कोरोना संक्रमणबाट गएराती एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ डिभर्ना, जोगीमारे घर भई सदरमुकाम सन्धिखर्कमा दुग्ध व्यवसाय संचालन गर्दै आएका ३३ वर्षीय कृष्ण आचार्यको गएराति प्रादेशीक अस्पताल बुटवलमा मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो । कोरोनाको लक्षण देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उहाँ कोरोना संक्रमित रहेको स्वाब परीक्षण गर्दा पुष्टि भएको थियो।
कमेन्ट गर्नुहोस !