गुल्मीको इस्मामा पहिरो, २ जनाको मृत्यु

जिल्लाको इस्मा गाउँपालिका –२, हस्तीचौर,  रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् ।

इस्मा गाउँपालिका –२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिराबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए ।
सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरामा पुरिएर बेपत्ता बनेका थिए । घटनामा  स्थानीयवासी तिलक कुमालसमेत घाइते छन् ।  सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close