असंबैधानिक कदमको बिरोधमा अर्घाखाँचीका ६ स्थानीय तहमा कांग्रेसको विरोध प्रदर्शन

प्रेमनारायण आचार्य /सन्धिखर्क ।
सन्धिखर्क ३ माघ । सरकारको असंबैधानिक कदमको बिरोध गर्दै नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा पुनस्थापना माग गर्दै अर्घाखाँचीका ६ वटै स्थानीय तहमा नेपाली कांग्रेसले प्रदर्शन गरेको हो ।
शितगंगा नगरपालिकाको ठाडामा भएको बिरोध प्रदर्शन कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले लामो संघ्रष पछि प्राप्त भएको लोकतन्त्रनै समाप्त पार्ने खेलमा नेकपा लागेको बताउनु भएको छ । उहाँले लोकतन्त्र बचाउन कांग्रेसले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताउनु भयो ।
कार्यक्रममा महासमिति सदस्य तथा शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारी, दलित संघका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र बिक, महाधिबेसन प्रतिनिध डाक्टर मुक्ति श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सदस्य तथा प्रकाशन तथा प्रचार प्रसार विभागका प्रमुख माधब प्रसाद पौडेल, जिल्ला सदस्य हेमन्त बेल्वासे, कुमार केसव सिंह, चन्द्र बेल्वासे, हिम्मत पोख्रेल, नुनबहादुर विसी, मिना पौडेल, राजेन्द्र केसी, प्रदिप घम लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा नेकपा छाडी ९७ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नव प्रबेसीहरुलाई नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल र शितगंगा नगर प्रमुख सुर्य अधिकारी लगायतले टिका र साधारण सदस्य प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हो ।
कार्यक्रम नेपाली कांग्रेस शितगंगा नगर सभापति मोती वेल्वासेको अध्यक्षता र सुमन्त पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस मालारानीको आयोजनामा भएको बिरोध सभा कार्यक्रम खनदहमा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा परित्याग गरी ७७ जना नेपाली कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस मालारानीका संयोजक शोभाखर खनालले बताउनु भयो ।
कार्यक्रममा नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना, प्रदेश सांसद तथा सचेतक निर्मला क्षेत्री, कांग्रेस जिल्ला सहसचिव इन्सु मिया, महिला संघ क्षेत्रीय सभापति शान्त खनाल, तरुण दलका लिलामणी पोख्रेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम मालारानी संयोजक शोभाखर खनालको सभापतितव, भरत थापाको स्वागत र लक्ष्मण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस सन्धिखर्क नगर कार्य समितिको आयोजनामा सन्धिखर्कमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब सभापति तथा जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा, नेपाली कांग्रेसका जिल्ला सचिव छविलाल पौडेल, क्षेत्रिय सभापति केशवराज कुवर, नेपाल महिला संघकी सचिव छमा कार्की, गणेशबहादुर सिंह, तरुण दलका नगर संयोजक जमसेर मिया लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम नगर सभापति विनोद आचार्यको अध्यक्षता , इन्द्रमणि न्यौपानेको सञ्चालन र ठाकुर भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । कार्यक्रम हुनु अघि सरकार विरोधी चर्का नारावाजी गर्दै सन्धिखर्कमा बिरोध जुलुस प्रदर्शन गरिएको थियो ।
नेपाली कांग्रेस पाणिनि गाउँपालिकाको आयोजनामा दुर्गाफाटमा बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रपति विद्या भण्डारी र प्रधानम्नत्री ओलीका कारण देश संकटमा फसेको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण प्साद ज्ञवाली, महासमिति सदस्य यादव प्रसाद घिमिरे, क्षेत्रीय सभापति तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, कांग्रेस नेताहरु श्यामनाथ कास्यप, अशोक श्रेष्ठ, नारायण हरी घिमिरे, अमिवका पोख्रेल, तुल्सिराम पौडेल, युवराज पाण्डे, शालिकराम घिमिरे, शालिकराम भट्टराई, शुभबहादुर सारु, रुद्र महत्रा, घनश्याम पौडेल, नुरमहमद मिया, खबर अन्सारी, यज्ञ प्साद पौडेल, मधु पन्त लागयतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम पालिका संयोजक विष्णु अर्यालको अध्यक्षता र कृष्ण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रतिनिधि सभा विघटनको असम्भैधानिक र अलोकतान्त्रिक कदमाका विरुद्धमा नेपाली काङ्ग्रेस भुमिकास्थान नगर कार्य समितिको आयोजनामा भुमिकास्थान नगरपालिकाको पोखेडाडामा बृहत बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेस जिल्ला कर्य समितिका सचिब बिस्नु भुसाल , नेपाली काङ्ग्रेसका जिल्ला सदस्य प्रेमनारायण बेल्बासे, बैकुण्ठ थापा, ज्ञान ब। बि। क।, संगीता बेल्बासे, चन्द्रा गैरे, लेखनाथ पान्डे, भुमिकास्थान नगरपालिकाका उपमेयर खडान्नद बेल्बासे,नेपाली काङ्ग्रेस प्रदेश सभा क का सचीव युबराज खनाल, भुमिकास्थान नगरपालिका वडा न ६ का वडा अध्यक्ष झबिलाल बन्जाडे, नेपाल शिक्षक संघ भुमिकास्थानका नगर सभापति काशी राम गैरे, नेपाल महिला संघ भुमिकास्थान नगर सभापति श्रीजना थापा, नेपाली काङ्ग्रेस भुमिकास्थान नगरपालिका वडा न ९ का वडा सभापती उमेश घिमिरे, नेपाल तरुण दल पुर्ब जिल्ला कर्य समिती उपाध्यक्ष तारा घिमिरे लगायतले कार्यक्रममा मन्तव्य राख्दै सर्बसत्ताबादी ओलि सरकारको बिरोध गर्दै संविधान रक्षाका लागि एक जुट भएर लाग्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रम नेपाली काङ्ग्रेस भुमिकास्थान नगर संयोजक खिम प्रसाद श्रेष्ठ को सभापतितब र नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती युबा विद्यार्थी बिभाग सदस्य सुरज रायमाझीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा पार्टी परित्याग गरि मोतिलाल बि। क। र सुमित्रा सुनारको नेतृत्वमा २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
नेपाली कांग्रेस छत्रदेव गाउँपालिकाको आयोजनामा राशिप स्मृति भवनमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारी, महासमिति सदस्य केशव श्रेष्ठ, महाधिबेसन प्रतिनिध तथा जिल्ला सदस्य कृष्ण खनाल, छत्रदेव गाउापालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, वडा अध्यक्ष कमल पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम पालिका सभापति बालकृष्ण पोख्रेलको अध्यक्षता, राजु पाण्डेको स्वागत मन्तब्य र मेघराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close