पहिरोमा पुरिएर मालारानी ५ मा दुईवटा भैँसीको मृत्यु

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा गएराति देखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ दुई वटा भैँसीको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं. ५ लाउर खत्री भन्ने स्थानमा अविर वर्षाका कारण पहिरो जादाँ पहिरोमा पुरिएर स्थानीय किसान डबल प्रसाद भुसालका दुई वटा भैँसीको मृत्यु भएको भुसालले बताउनुभयो । उहाँका अनुसार टिनले छाएको छाप्रोमा थियो । छाप्रो पनि पुर्ण रुपमा क्षती भएको छ । यसबाट करिव ३ लाखको क्षती भएको बताइएको छ ।
कमेन्ट गर्नुहोस !