स्याङजामा पहिरोमा पुरिएर ९ जनाको मृत्यु

स्याङ्जा-स्याङ्जाको वालिङ नगरपालिका १४ स्थित तमादीमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ। एकै परिवारका १० जना पहिरोमा पुरिएका थिए। तीन दिनदेखि परेको अविरल वर्षाले माया नेपालीको घर पुरिएको थियो। पहिरो परेर पाँच महिनाका बालकसहित एकै परिवारका नौ जनाको मृत्यु भएको हो।सुरक्षाकर्मी र स्थानीयले पहिरोमा पुरिएको घरबाट नौ जनाको शव निकालेको उद्धारमा खटिएका राजु डुम्रेले जानकारी दिए। ज्यान गुमाउनेहरुमा पाँच वर्षीय बालक कविर नेपालीसहित घरधनी ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, ९ वर्षीय विवश नेपाली, १६ वर्षीया विनिता नेपाली, ३० वर्षीय दीपक नेपाली र ६० वर्षीया सानी नेपाली छन् ।पहिरोमा परेर घाइते भएकी १६ वर्षीया मनिषा नेपालीको पोखरामा उपचार भइरहेको छ।नेपाललाइभ बाट साभार
कमेन्ट गर्नुहोस !