छत्रदेवमा गर्भवती महिलाको लागि निःशुल्क भिडियो एक्सरे सेवा

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा आज निःशुल्क भिडियो एक्सरे सेवा कार्यक्रम सम्पन्न भएको छ। बल्कोटमा २० जना र छत्रगन्जमा १० जना गरि ३० जना गर्भवती महिलाले सेवा लिएको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले  जानकारी दिनुभयो ।

गाउँपालिकाको अनुरोधमा  लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र प्रसाद खनालको प्राविधिक सहयोगमा गर्भवती महिलाको भिडियो एक्सरे गरिएको उहाँले बताउँनुभयो।

भिडियो एक्सरेको सेवा गाउँमै पाएपछि स्थानीय खुशी भएका थिए ।१२ देखि २४ हप्ताका ३० जना गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्सरेको सेवा ल्याएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close