विवाह गरिन सांसद सोविताले

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले लगन गाँठो कस्नु भएको छ। प्रेमी गृहेन्द्र घिमिरेसँग गौतम विवाह बन्धनमा बाँधिनु भएको हो ।
चितवन घर भएका गृहेन्द्र नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्नुहुन्छ । विवाहपश्चात दुवैजना जापान भ्रमणमा निस्कीएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।हालै भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा लामोसमयको प्रेम सम्बन्धलाई गौतमले विवाहमा परिणत गरेको पारिवारिक स्रोतले जनाएको छ ।

२८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ काठमाडौं –२ बाट विजयी हुनु भएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close