सन्धिखर्कमा पहिरोमा परेकाको उद्धार अभ्यास

सन्धिखर्क ।अर्घाखाँचीमा मनसुनजन्य विपद उद्धार अभ्यास कार्यक्रम भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ३ खरेबाङ स्थित ढोरपाटन हाईवेमा मनसुनजन्य विपद उद्धार अभ्यास अन्तरगत पहिरोबाट उत्पन्न हुने मानविय तथा जिउधनको क्षति हुन नदिनको लागि सचेतना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
क्षतिलाई न्यूनिकरण गर्ने उद्धेश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजनामा सचेतना कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल ,सुरक्षा निकायका प्रमुख ,संचारकर्मीहरु, शिक्षक, विद्यार्थी, स्थानिय लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !