दहखोलामा अवरुद्व गोरुसिङ्गे—सन्धिखर्क सडक खण्ड सुचारु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण गएराति देखि अवरुद्ध गोरुसिङ्गे—सन्धिखर्क सडक खण्ड सुचारु भएको छ । सन्धिखर्क नगरपालिकाको दहखोलामा पहिरो जादाँ अवरुद्व सडक बिहानैदेखि पहिरो हटाउने प्रयास भइरहेको भएता पनि पहिरो निकै ठूलो भएकाले एक तर्फी सडक केहि बेर अघि मात्र सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।जिल्लाको मुख्य सडक नै अवरुद्व भएपछि अर्घाखाँची हुदै बुटवल हुदै अन्य जिल्ला जाने आम नागरिक तथा उपचार गर्न जानु पर्ने बिरामी बोकेका एम्बुलेन्स समेत जान सकेका थिएन । एक तर्फी सडक सुचारु भएपछि गएराति देखि रोकिएका सवारी साधन गन्तव्य स्थानमा लागेका छन ।
कमेन्ट गर्नुहोस !