नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुग्यो

नेपालमा २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ पुरुष संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सप्तरीका ६३ वर्ष, काठमाडौंका २० वर्ष तथा ७४ वर्ष, भक्तपुरका ८८ वर्ष, मकवानपुरका ७४ वर्ष, ललितपुरका ७६ वर्ष, रुपन्देहीका ७२ वर्ष र कैलालीका ३० वर्षका पुरुष हुनुहुन्छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।
कमेन्ट गर्नुहोस !