चौहानको शब्द तथा आवाजमा ‘आमाले किन्दिएको पछ्यौरी’ सार्वजनिक

-सबैको सन्देश/ काठमाण्डौं ।
कोरोना भाइरसको कारण तात्न नसकेको सांगितिक क्षेत्र हरीतालिका तीज भित्रिएसँगै बिस्तारै गर्माउन थालेको छ । यतिबेला धेरै तीज गीतका कोशेली बजारमा सार्वजनिक भैरहेका छन् । यसैबीच संचारकर्मी तथा गायक अभिनव चौहान र नीरु आचार्यको आवाज रहेको तीज गीत आमाले किन्दिएको पछ्यौरी’ सार्वजनिक भएको छ ।
मोफसलमा रहेर लामो समय संचार कर्ममा जोडिएका चौहानले यसभन्दा अगाडी आधुनिक गीतमा समेत मोडलिड्ड गरेका छन् । सामाजिक कार्यमा समेत अग्रसर रहेका चौहान हाल काठमाण्डौं रही गीतसंगीतको क्षेत्रमा क्रियाशिल रहदैं आएका छन् । यो गीतले मौलिक संस्कृतिको जर्गेना गर्नेमा चौहान विश्वस्त देखिएका छन् ।
‘आमाले किन्दिएको पछ्यौरी’ गीतमा सुभाष ज्ञवाली र नीरु आचार्यको संयुक्त लगानी रहेको छ । मंगलम् रेकर्डिड्डमा रेकर्ड भएको गीत गायीका सम्झना लामिछाने मगरको युट्ब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् गीत :
कमेन्ट गर्नुहोस !