श्रिकृष्णको रेलको ढोकैमा लोक गीत बजारमा

अर्जुन भुसाल /बुटवल।
नेपाली गित संगित मा निरन्तर रमाउदै आउनुभएका गायक श्रिकृष्ण अर्यालले ‘‘रेलको ढोकैमा’’ नामक लोक गीत बजारमा ल्याउनुभएको छ । गीतमा नेपाली बेरोजगारका कारण प्रदेशीएका युवा युवतीमा केही घटना क्रम लाई जोडिएको छ । चित्रण गरिएका विषय बस्तुले धेरैले मन पराउनेमा आफू विस्वस्त रहेको गायक अर्यालले बताउनुभयो ।अर्यालले हाल सम्म १ दर्जन भन्दा बढी गीत बजारमा ल्याईसक्नुभएको छ ।गीतमा गायिका कमला पोख्रेल र अर्याल स्वयमको स्वर रहेको छ ।
केही दशक देखि गीतको श्रृजना गरिसक्नुभएका सर्जक तथा गायक गणेश अधिकारीको शब्द तथा लय रहेको गीतको म्युजिक भिडियोमा समेत रञ्जिता गुरुङको साथमा अधिकारीलाई देख्न सकिन्छ ।गीतको म्युजिक भिडियोलाई योग्सना डिजिटलको अफिसियल युट्युव च्यानल मार्फत रिलिज गरिएको छ ।
भिडियोलाई स्मृती तिमिल्सिना‘गुरुआमा’ले निर्देशन गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस !