विचार- मेडिकल उपकरण

-रक्षा महत

विकसित प्रविधिमा संसार अगाडी बढिरहेको छ । यसबाट स्वास्थ्य क्षेत्र अवश्य टाढा छैन । यहि विकसित आयामले सबै क्षेत्रमा परिर्वतनका सकारात्मक रेखा दौडिन थालेका छन् । प्रविधिको नविन उपयोगले मानिसका दैनिक क्रियाकलाप सहज र सुविधा उन्मुख बनिरहेको बेला स्वास्थ्य क्षेत्रले पनि प्रविधिकै कारण फड्को मारिरहेको छ । जसले गर्दा बाँच्ने आधार बलियो बनेको छ ।

मानविय सिपसँगै आविष्कारले जन्माएका तमाम उपकरणबाट हामी अमूल्य आयु लम्बाउन सक्ने भएका छौं । शरीर स्वस्थ्य राखेर दैनिक क्रियाकलापमा जोडिन सक्ने भएका छौं । उपकरणकै कारण बाँच्न पाउने भरोसाले आम बिरामीको रोग निदानमा सकारात्मक उर्जा प्राप्त भएको छ भने अस्पतालप्रति आम मानिसको विश्वास बढेर गएको छ ।

आधुनिक चिकित्सा विज्ञानमा उपकरणहरुको भूमिका विशेष रहेको छ । उपकरण बिनाको उपचार सम्भव नै छैन या कल्पनाभन्दा बाहिर हुन्छ । त्यसैले त देशमा खुलिरहेका धेरै नीजि तथा सरकारी अस्पतालहरुमा उपकरण भित्राउने होडबाजी नै चल्ने गरेको छ । उपकरणकै कारण उपचार पद्धति सहज र सरल बनिरहेको छ ।

विश्वमा हाल निकै महंगा तथा भर्खरै आविश्कार भएका तमाम मेडिकल उपकरणहरु प्रयोगमा छन् । नेपालको सन्दर्भमा भने हामी सोचेअनुरुप अगाडी बढ्न बिलम्ब गरिरहेका छौं । किनकी देशको आर्थिक अवस्थाले गर्दा पनि हामी महंगा तर अति आवश्यक उपकरणहरु भित्राउन असमर्थ छौं । केही प्रक्रियागत झन्झटका कारण अब्बल सरकारी अस्पतालहरु पनि यसकै चपेटामा पर्दे आइरहेको देखिन्छ । जसका कारण देशबाट उपचारकै लागि थुप्रै बिरामी विदेशका अस्पतालमा पुग्नैपर्ने बाध्यता रहिआएको छ ।
नेपालका अधिकांश अस्पतालमा पूराना र वर्षोदेखी प्रयोगमा ल्याइएका उपकरणहरु चलाउदैं गलत अभ्यास गरिदैं आइएको छ । कतिपय अस्पताल तथा स्वास्थ्य संस्थामा त विदेशबाट सहायताका नाममा भित्राइएका कमसल उपकरणबाट समेत रोगको निदान गरिन्छ । यो बिरामीको स्वास्थ्यमा गरिएको खेलबाड हो ।

जनताको उपचारमा प्रत्यक्ष भूमिका खेल्ने उपकरणहरु बारे सजग र सचेतता आम सर्वसाधरणमा आउनुपर्ने देखिन्छ । कुनै पनि अस्पतालले कमसल तथा नतिजा दिन नसक्ने उपकरणको प्रयोगमा बन्देज लगाउनै पर्ने देखिन्छ । आम मान्छेको बुझाई उपचार सफल नभए स्वास्थ्यकर्मी मात्रै दोषी हुन्छन् भन्ने छ तर ख्याल राख्नुपर्ने विषय कतिपय अवस्थामा उपकरणकै कारण पनि बिरामीले ज्यान गुमाउनु पर्ने स्थिति रहन गएको देखिरहेको छ ।
आम मानिसको ज्यान बचाउने उपकरण सधै ज्यान बचाउनकै लागि सहि सावित नहुन सक्छन् । यसका लागि उपकरणका विविध पक्षमा ध्यान पुयाउनैपर्ने हुन्छ । उपकरण सम्बन्धि आवश्यक ज्ञान सबै स्वास्थ्यकर्मीले राख्नुपर्छ । यदि उपकरणहरु चलाउनका लागि पर्याप्त तथा आवश्यकिय ज्ञान भएन भने रोगको निदान तथा उपचार पद्धति नै असफल हुन जान्छ ।

अस्पतालमा प्रयोग हुने विभिन्न मेडिकल औजार तथा उपकरण ई.सि.जि.मेसिन, एक्स–रे, अल्ट्रासाउण्ड, सिटि स्क्यान, एम.आर.आई, भेन्टिलेटर, एनेस्थिेसिया मेसिन, इलेक्ट्रो सर्जिकल युनिट, प्यासेन्ट मोनिटर, अक्सिजन कन्सनटेटर, सक्सन, नेबुलाइजर, बिपी इन्स्टुमेन्ट, स्टेथस्कोप, ल्याबमा प्रयोग हुने विभिन्न एनालाइजरहरु प्रत्यक्ष रुपमा बिरामीको उपचारमा प्रयोग भइरहेका छन् । यि उपकरणहरुको उचित तवरले प्रयोग गर्न सकियो भने मात्रै उपचारमा सफलता हात पर्न सक्छ ।

निजीमा मात्रै नभएर सरकारी अस्पतालले आफ्नो धेरै लगानी उपकरण खरिदमा लगाउदैं आइरहेका छन् तर उपयुक्त उपकरणको छनौटमा भने ध्यान नप¥ुयाएको देखिन्छ । यसले गुणस्तरियताको सवालमा भने प्रश्नचिन्ह खडा गरेको छ ।
हाम्रो देशको धेरै धनराशी उपकरण खरिदमा जाने गरेको छ । तर, खरिदमा आवश्यकिय ज्ञान राख्न नसक्दा÷नचाहँदा उपचारमा अपेक्षाकृत सफलता हात लाग्न सकेको छैन । मेडिकल उपकरण सम्बन्धमा सबै आम सरोकार पक्ष समयमै जिम्मेवार र संवेदनशिल बन्नैपर्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close