चौहान तीज गीत सिर्जनामा व्यस्त,बजारमा मादलु बजेर सार्वजनिक

अर्घाखाँची ।अर्घाखाँचीको मालारानीका वडा नम्बर ५ मा जन्मिएका अभिनव चौहान यतिबेला निरन्तर गीत संगीतमा लागि रहेका छन्।उनको सिर्जनामा थुप्रै गीतहरु बजारमा आइसकेका छन्।यसै वर्ष तीजमा मात्रै उनका ३ वटा तीज गीत बजारमा आए।माइतीको झल्कोले , बनाउँछु टिकटक अहिले मादलु बजेर बोलको गीत सार्वजनिक भएको छ।दर्शक श्रोताको माग बमोजिमका आफ्ना शब्द छनोट हुने गरेको उनको भनाइ छ ।

अभिनव चौहानको शब्द/संगीत सिर्जना भित्र लोकप्रिय गायिका अस्मिता डल्लाकोटी र सुरेज श्रेष्ठले आवाज दिएका छन्।त्यसैगरी शुष्टी विश्वकर्मा,दिनेश पौडेल ,आरुषी मगर, र प्रकाश सोनीको डान्स तथा अभिनय देख्न सकिन्छ।यम थापाको एरेन्ज सन्तोष तिमिल्सिनाको छायांकन, कल्पेश विश्वकर्माको सम्पादन रहेको यस गीतमा एमोन रानाले निर्देशन गरेका छन् ।

गीत यसै शुक्रबार साँझ राजेश भण्डारी युटुब च्यानलबाट सार्वजनिक भएको छ।गीत हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close