तिजगित लालुमै वर पिपलको छाँया सार्वजनिक

अर्घाखाँची ।यसपालीको तिजको पुरानो झल्को सृर्जना गराउन गित सार्वजनिक भएको छ । जसअन्तर्गत लालुमै वर पिपलको छाँया बोलको गीत सार्वजनिक भएको छ ।विगतका बर्ष जस्तै यो बर्ष पनि एउटा मौलिक तिज गित बजारमा लिएर आएको गितका शब्द सिर्जना गरेका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ का अभिनव चौहानले बताउनुभयो ।

जसमा अभिनव चौहानको शब्द सिर्जना तथा लय संकलन, माया दर्नाल परियार र विमलराज जिसिको आवाज कृष्ण लामिछानेको एरेन्ज तथा मिक्सिङ्ग त्यसैगरी विष्णु भट्टराईको निर्देशन तथा सम्पादनमा सन्तोष,परी, अजय, विन्दु लगायतको नृत्य तथा अभिनय देख्न सकिन्छ । मंगलम रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड भएको गीतको दृश्य निर्माण अविरल फिल्मसले गरेको छ । गीत अविरल फिल्मसको आधिकारिक युटुब च्यानलमा हेर्न सकिनेछ।

https://youtu.be/gYMN2gL6dmA

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close