अञ्जली र अनुजा एकैसाथ आए,अनुजाले गाएको गीतमा अञ्जलीको सशक्त अभिनय

अभिनव चौहान/काठमाडौंं।
माघ महिना शुरु भएदेखि बिहेको लगन पनि शुरु भएको छ।यो समयमा कति प्रेमहरु बिहेमा परिणत हुन्छन त कति प्रेमहरु छुटिन पुग्छन् ।हाम्रो समाजमा थोरै प्रेमहरु मात्रै सफल भएको देख्न सकिन्छ।विभिन्न बाध्यता, परिस्थितिले गर्दा चोखो प्रेमहरु छुटिन पर्ने अवस्था अझै पनि विद्यमान छ।सोही अवस्थालाई जस्ताको तस्तै चित्रण गर्दै आज मात्रै अनुजा पुडासैनीको सुमधुर आवाजमा बिहे ९मन परेको मान्छे० वियोगान्त गीत सार्वजनिक भएको हो।
जसमा बहुचर्चित लोक तथा दोहोरी गायक राजु परियार र अनुजा पुडासैनीको आवाज रहेको छ।त्यसैगरी यसमा बबिता बानियाँ जेरीले लय तथा शब्द सिर्जना गरेकी छिन।अञ्जली अधिकारी र शंकर क्षेत्रीको सशक्त अभिनय रहेको यस गीतमा स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन।सुरेश श्रेष्ठको छायांकन र नवीन घर्ती मगरको सम्पादनमा गीत तयार भएको हो।बबिता बानियाँ जेरी को आधिकारिक युटुब च्यानलमा गीतको भिडियो हेर्न सक्नुहुनेछ।
पूरा भिडियो हेर्नको लागि।
कमेन्ट गर्नुहोस !