एसिया कप क्रिकेटमा श्रीलंकालाई भारतले हरायो

काठमाडौं । श्रीलंकालाई हराउँदै भारत एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा भारतले श्रीलंकालाई ४१ रनले हराएको हो ।
भारतले दिएको २सय१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४१.३ ओभरमा सबै विकेट गुमाएर १सय७२ रन मात्रै बनाउन सक्यो ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलव १ ओभरमा अलआउट हुँदै २सय१३ रन बनाएको थियो ।
भारतले अब सुपर फोरको अन्तिम खेलमा शुक्रवार बङ्गलादेशसँग खेल्नेछ । फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो बिहीवार हुने पाकिस्तान र श्रीलङ्काबीचको खेलबाट लाग्नेछ । यो खेलमा जित्ने टोली फाइनलमा पुग्नेछ ।
कमेन्ट गर्नुहोस !