काठमाडौं उपत्यकामा ९३४ सहित थप १५१३ लाई कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।

यो सहित कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९३४ जनालाई कोरोना पुष्टि भएको छ ।प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ लाई कोरोना पोजेटिभ भएको हो ।

२४ घण्टामा ७३१ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ भने २४ घण्टामा १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close