लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको जग्गा फुकुवा, कित्ताकाट नगरिकन बेच्न पाइने

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा खुलेको छ । दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर वडा तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका ८ र ९ नम्बर वडामा गरिएको जग्गा रोक्का फुकुवा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

सरकारका गृहमन्त्री एवम् प्रवक्ता सन्तोषकुमार पाण्डेयले सरकारले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा फुकुवा गरेको बताउनुभयो ।सरकारको व्यवस्थित राजधानी निर्माणको अवधारणलाई असर नगर्ने, र टुक्राएर बेच्न नपाउने शर्तमा रोक्का जग्गा फुकुवा गर्ने निर्णय भएको हो ।
तीन वर्षपछि जग्गा किनबेच गर्न पाउने भएपछि स्थानीय खुशी भएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close